नियम १२
इजाजतपत्र वा प्रमाणपत्रको अवधि र नवीकरण
(१) इजाजतपत्रको अवधि तीन वर्षको हुनेछ ।(२) प्रमाणपत्रको अवधि प्रमाणपत्रमा तोकिए बमोजिम हुनेछ र त्यसको नवीकरण हुनेछैन ।
(३) इजाजतपत्रवालाले आफ्नो इजाजतपत्रको अवधि समाप्त हुनु भन्दा कम्तीमा तीस दिन अगावै परिषद्ले तोके बमोजिमको नवीकरण दस्तूर सहित इजाजतपत्र नवीकरणको लागि कार्यालयमा दरखास्त दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको दरखास्त प्राप्त भएपछि कार्यालयले प्रत्येक पटक बढीमा तीन वर्षको लागि मान्य हुने गरी इजाजतपत्र नवीकरण गरी दिन सक्नेछ ।
(५) म्यादभित्र नवीकरण नगराएको इजाजतपत्र स्वतः रद्द भएको मानिनेछ ।